काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गर्दै तेस्रो विकेट गुमाएको छ ।
कतारले ८।३ ओभरमा तेस्रो विकेटको रुपमा जाहेर इब्राहिमलाई गुमाएको हो ।
१५ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले आउट गराएका हुन् ।
प्रतियोगीताबाट बाहिरिसकेको कतारलाई आजको खेल केवल प्रतिष्ठाको हुनेछ भने नेपालले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।
ताजा अवस्थामा कतारले १० ओभरको समाप्तीमा तीन विकेट गुमाउँदै ३२ रन बनाएर खेलिरहेको छ । file photo