काठमाडौं, वैशाख १६। प्रतिनिधि सभाको निर्वाचन भएको पाँच महिनापछि विषयगत समिति गठन भएको छ ।
समिति गठन भए पनि समितिका सभापति भने चयन गर्न अझै केही समय लाग्ने भएको छ । शीर्ष नेताहरूको लामो गृहकार्यपश्चात् समितिको सदस्य टुंगो लागे पनि सभापति चयनमा अझै झमेला छ ।
प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा रहने सांसदहरूको नाम राजनीतिक दलले पठाएपछि समितिले पूर्णता पाएको हो । आजको राजधानी दैनिकबाट