Logo

सांसद दाजु-बहिनी संसद्को एउटै समितिमा



काठमाडौं, १६ बैशाख । प्रतिनिधिसभाअन्तर्गतको संसदीय समिति गठन भएका छन् । र, समितिमा रहने सांसदहरुको नामसमेत टुँगो लागेको छ। संसद्को महत्वपूर्ण मानिएको अर्थ समितिमा रहने सांसदहरुको समेत हिजो नै टुंगो लागेको छ। अर्थसमितिमा बेग्लाबेग्लै दलमा रहेका दाजु–बहिनी समेत परेका छन् ।

जनता समाजवादी पार्टीमा रहेका डा. विरेन्द्रप्रसाद महतो र उनकी आफ्नै बहिनी जुलीकुमारी महतो अर्थसमितिमा परेका छन् । जुली नेकपा (एमाले) की सांसद हुन् । उनी धनुषा–३ बाट निर्वाचित सांसद हुन् । उनका दाजु विरेन्द्र पनि सिरहा–४ बाट निर्वाचित सांसद हुन् ।अर्थसमितिमा नेपाली कांग्रेसका विनोद चौधरीदेखि भर्खरै उपनिर्वाचन जितेका डा. स्वर्णिम वाग्लेसमेत छन् ।

यी हुन् अर्थ समितिका सदस्य सांसद

अन्जनी श्रेष्ठ
अम्मर बहादुर रायमाझी
गंगा कार्की
छिरिङ डम्डुल लामा (भोटे)
जुली कुमारी महतो (महासेठ)
दिपक खड्का
दीपक बोहरा
नारायण प्रसाद आचार्य
नारायणी शर्मा
पदम गिरी
पूर्ण बहादुर तामाङ्ग
भगवती चौधरी
मुक्ता कुमारी यादव
मेटमणि चौधरी
रण कुमारी बलम्पाकी मगर
रामनाथ अधिकारी
विनोद कुमार चौधरी
विराज भक्त श्रेष्ठ
वीरेन्द्र प्रसाद महतो
विष्णु प्रसाद पौडेल
सन्तोष चालिसे
स्वर्णिम वाग्ले
सूर्य बहादुर थापा क्षेत्री
ज्ञान बहादुर शाही
ज्ञानेन्द्र बहादुर कार्की

 



प्रतिक्रिया दिनुहोस्