Logo

महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउन राप्रपा अध्यक्ष लिङ्देनपनि पुगे (फोटोफिचर)



काठमाडौं, १७ बैशाख । राप्रपाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीरको नेतृत्वमा भइरहेको आन्दोलनको समर्थन गरेका छन् । उनी आज प्रदर्शनस्थल माइतीघर मण्डला पुगेर उनको धर्नामा सहभागी भएका हुन् ।

गत शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले विकास बजेटको १ प्रतिशत रकम आविष्कारको लागि छुट्टाउनुपर्ने माग अघि सारेका छन् । यसअघि विभिन्न दलका नेताहरु पनि माइतीघर पुगेर उनको आन्दोलनमा समर्थन जनाएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्