काठमाडौं, १७ बैशाख । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत राष्ट्रपति पौडेललाई अस्पतालले आज(आइतबार)मात्रै डिस्चार्ज गरिएको र आजै नेपाल फर्किने तयारी गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
नेपाल फर्किएपनि केही समय आराम गर्नुपर्ने उनको उपचारमा संल्गन चिकित्सकहरुले उनलाई सल्लाह दिएका छन्।
पेटमा पानीको समस्यामा देखिएपछि राष्ट्रपति पौडेल गत बैशाख ५ गते महराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना भएका थिए।
बैशाख ६ गते राष्ट्रपति पौडेल थप उपचारका लागि भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल (एम्स) भर्ना गरिएको थियो।
राष्ट्रपति पौडेल अस्वस्थ भएपछि उनको बेलायत जाने कार्यक्रम तय पनि स्थगित् भएको छ। उनको सट्टामा परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजाको राज्याभिषेकमा जाने तयारी गरेका छन्।
file photo