काठमाडौं, वैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदैछन् । उनले मु्ख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमै विश्वासको मत माग्न लागेका हुन् । अहिले बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।
वैशाख १४ गते ८ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले वैशाख १५ गते पद तथा गोपनियताको शपथ लिएका छन् । चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराएका थिए ।