काठमाडौं, २१ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको नवौं महाधिवेशनको उद्घाटन गरेका छन् । सो क्रममा उनलेसरकारले उद्योगी, व्यवसायीहरुको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको धारणा राखेका छन् ।
उनले लगानी र व्यवसायिक वातावरण निर्माण गरी उद्योगी तथा व्यवसायीहरुका समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
उपराष्ट्रपति यादवले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने बस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोडने काममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता ठूला र अग्रणी संस्थाहरुले विशेष भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम