काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले एमाले सचिव टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका संरक्षकको संज्ञा दिएका छन् ।
शिवाकोटीले रायमाझी फरार भए की फरार गराईयो ? भन्दै प्रश्न गरेका छन् । उनले अर्घाखाँचीबाट मिडियालाई प्रतिक्रिया दिएर भैरहवा पुगेका रायमाझीलाई आकाशले निल्यो कि धर्तीले निल्यो ? भन्दै प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्-
रायमाझी फरार भए की फरार गराइयो?
नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका संरक्षक टोप बहादुर रायमाझी फरार भए की फरार गराइयो? नत्र अर्घाखाँचीबाट मिडियालाई प्रतिक्रिया दिएर भैरहवा पुगेका रायमाझीलाई आकाशले निल्यो की धर्तीले निल्यो? गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू तपाईलाई माओवादीका पूर्व सहकर्मीलाई अनि प्रहरीको केन्द्रीय नेतृत्व वसन्त बहादुर कुँवरलाई जिल्लावासी जोगाउन खोजेको आरोप नलागोस।
प्रधानमन्त्री पुष्पकमल दाहालज्यू गिरोहका संरक्षक रायमाझीलाई जोगाउन एमाले अध्यक्ष केपी ओलीसँग कुनै मोलमोलाई नहोस, नत्र खासमा गिरोहका संरक्षक तपाईहरु नै रहेको पुष्टी हुनेछ, त्यसैले पनि भ्रष्टाचारीको दलीय संलग्नता नहेरियोस, जय नेपाल।