Logo

दाइ र दिदीले ८४ वर्षका बुवाआमालाई घरबारहीन पारेको भन्दै भाइ र बहिनीको पत्रकार सम्मेलन (भिडिओसहित)



काठमाडौं, २२ बैशाख । बुवा र आमाको सम्पति सबै आफ्नै दाई र दिदीले खाइदिएको भन्दै अर्का दिदि र भाइले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सम्मेलनको आयोजना गरेका छन् । बुवा र आमाले कमाएको सम्पति हाल जापानमा रहेकी दिदी निहारीका लक्ष्मी शाही र नेपालमै रहेका दाई उत्तमकुमार शाहले खाएको भन्दै उनीहरुको बिहिनी र भाइ अर्चना शाह र जीवन शाहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बुवाआमाको लागि न्याय मागेका छन् ।

यो केश कैलालीको हो । ८४ वर्षीया बुवा शेरबहादुर शाह अल्जाइमर प्यारालाईस रोगबाट पीडित रहेको र ७९ वर्षको आमा पनि अल्जाइमरकै पीडित भएको बताउँदै बिरामी पीडित बुवाको उपचार खर्चसमेत उनीहरुले नदिएको अर्चना र जीवन शाहको आरोप छ ।

बुवाआमाको सबै सम्पति र घरजग्गा जेठो दाई उत्तमसँग मिलेर केही वर्ष अगाडि निहारीकाले आफ्नो नाममा गरेको बताउँदै आफूहरुले पनि सम्पति पाउनुपर्ने ठाउँमा उल्टै बुवाको उपचार खर्चपनि उनीहरुले नव्यहोरेको अर्चनाले आरोप लगाइन्। दिदी र दाजुले आफूहरुलाई आमाको भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा अनेका यातना दिएको उनको आरोप छ । दिदी निहारीका जापानमा लुकेर बसेको पनि उनको आरोप छ।

उनले उत्तमकुमार शाहलाई मेरो दाई भनेर सम्बोधन गर्नपनि लाज लाग्ने बताइन्। निहारीका लक्ष्मी शाहीले भाइमार्फत आफूहरुलाई अनेक यातना र मानसिक पीडा दिइरहेको बताइन्।

‘जेठो दाई उत्तम कुमार शाह भन्ने मान्छे चाँही ३०/३५ वर्ष पहिला बम्बईमा १०/१२ जनाको ग्रुपले पेट्रोलपम्प लुटेर आएको केटा हो। क्रिमिनल मान्छे हो। त्यस्तो अहिले १०/१२ चोटी रिह्याब सेन्टरमा बसेर २४सैं घण्टा नसामा डुबेको मान्छे, त्यस्तो मान्छे र अहिले मेरो जेठो दिदीले झन उल्टो मेरो आमाबुवा यस्तो दयनीय अवस्थामा पुग्दापनि हामीले अनेक अनुरोध गर्यौ। आफन्तहरुलाई भन्न लगाएर हुन्छ की कसरी हुन्छ। त्यो जग्गा फिर्ता दिनुपर्ने ठाउँमा त्यो मेरो जेठो दाई भन्ने उत्तम कुमार शाह जो १२/१५ चोटी रिह्याब सेन्टर काठमाडौंदेखि टिकापुरदेखि डडेल्धुरासम्म। हामी सबै रेकर्डहरुपनि दिन सक्छौं। रिह्याब सेन्टरको नाम पनि लिन सक्छौं। २४सै घन्टा नसामा डुब्ने मान्छे हो,’ उनले भनिन्।

‘उल्टै जेठो दिदीले आफ्नो बसमा लिएर। नसामा डुबेर मान्छेलाई ५/१० हजार फालिदियो। ल भाई तँलाई म बजारको घर दिन्छु, तँलाई यो दिन्छु। भनेर आश्वासन देखाएर फकायो,’ उनले भनिन्।

आफूहरुले कसैको पाँच पैसा नखाएको बताउँदै उनले भनिन्,‘सबैको सम्पति हडपेर जापानमा लुकेर बस्ने, उल्टै बदनाम गर्दै हिँड्ने। अहिले हामीलाई चाहीँ यो जग्गा फिर्ता माग्दा पनि कति मान्छेहरुलाई हामीले भन्यौं। मान्छेहरुले मिडियामा जानुभन्दा हामीले भन्यौं, यो घरभित्रको मिलाएर हुन्थ्यो भनेर हामी कतै गएन।’

उनीहरुले कहिल्यैपनि आफूहरुको कुरा नसुनेको उनको दुःखेसो छ । बुवाको उपचार गर्नपनि नसकिरहेको बताउँदै उनले दिदी निहारीकाले मिडियामा आउन बाध्य बनाउँदै घरकै इज्जत बिगारेको बताईन्।

घर सब्बै एकै छोरीको नाममा राखेर कहाँबाट उपचार गर्ने र १४ वर्षदेखि एउटै छोराले उपचार गराइराखेको उनको भनाई छ । निहारिकाले बाहिरको मान्छेलाई लुटेको र आफ्नै घरपरिवार र बुवालाईपनि लुटेको उनको आरोप छ । उनले सबै मिलेर आफ्नो आमाबुवालाई न्याय दिलाइदिन आग्रह गरिन्।

यस्तै, जीवन शाहले आजभन्दा ११ वर्ष पहिला जेठो दाईको डिभोर्स हुँदाखेरि जेठी दिदी मिलेर बुवाआमालाई फकाएर सबै सम्पति जेठी दिदी निहारीको नाममा राख्न लगाएको बताए ।

बुवाले दिदीलाई सम्पति फिर्ता गर्न आग्रह गर्दा विभिन्न बाहना बनाएर टालटुल गरेको उनको भनाई छ । ४/५ वर्षयता बुवाआमा बिरामी भएको र उनीहरुले कमाएको पैसा यो समयमा आएर आफ्नो स्वास्थ्योपचारमा खर्च गर्न पाउनुपर्ने उनले बताए। सोबारे दिदीसँग सम्पति फिर्ताको लागि कुरा गर्दा विभिन्न बहाना बनाएर टार्ने गरेको बताए।



प्रतिक्रिया दिनुहोस्