Logo

जनमतले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने



काठमाडौं, २३ बैशाख । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन हिजो (शुक्रबार) बाट फिर्ता लिएको छ । पछिल्लो समय रास्वपा र जनमतबीच मोर्चाबन्दीको प्रयास भैरहेको बेलामा जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने हो कि भनेर अहिले अड्कलबाजी सुरु भएको छ।

तर, जनमत पार्टीका नेता विपी साहले भने अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे नसोचेको बताए । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा साहले भने–‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अहिले कुनै छलफल भएको छैन् । हामीले त्यतातिर सोचेको छैन् । भविष्यमा के हुन्छ, त्यो त थाहा भैहाल्छ ।’

पुष ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्दा जनमत पार्टी पनि सरकारमा सहभागी थियो । जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खाँन खानेपानीमन्त्री बनेका थिए । तर, पछिल्लो समय जनमत सरकारबाट बाहिरिएको छ । सत्ता गठबन्धनको बैठकमा समेत जनमतका नेताहरुको सहभागिता हुन छाडेको छ । file photo



प्रतिक्रिया दिनुहोस्