काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बठक काठमााडौंमा नै बस्ने भएको छ ।
यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो । केन्द्रीय कमिटीको बैठक यही बैशाख २८ गतेदेखि बैशाख ३० गतेसम्म बस्ने भनिएको छ ।
आज बसेको संसदीय दलको बैठकमा केन्द्रीय कमिटी बैठक झापामा नभएर काठमाडौंमा नै बस्ने निर्णय गरिएको हो ।
संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको नेताहरुको भनाई छ ।