काठमाडौं, २६ बैशाख। एनवाईइएफ काठमाण्डूले पहिलो पटक मल्ल होटलमा एनवाईइएफ उद्यमशीलता सम्मेलन २०२३ को आयोजना सम्पन्न गरेको छ। नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम निकै सफल भएको एनवाईइएफ काठमाण्डूले जनाएको छ।
कार्यक्रममा बोल्दै एनवाईइएफ काठमाडौंका अध्यक्ष चिराग गोयलले मुख्यतया देशको आर्थिक विकासका लागि युवाहरूले रोजगारी सिर्जना गर्ने महत्त्वमा जोड दिएका छन्। उनले उद्यमशीलतामा महिलालाई सहयोग किन महत्त्वपूर्ण छ र सरकारले उनीहरूलाई दर्ता, कानुनी मामिला आदिमा नियम र कानुन बनाएर कसरी सहयोग गर्न सक्छ भन्ने कुरामा जोड दिए।
एनवाईइएफ उद्यमशीलता सम्मेलन २०२३ मा मुख्य भाषण, प्यानल छलफल, उद्यमशील यात्रा र उत्पादन र सेवा प्रदर्शनीहरू रहेका थिए। नेपालको उद्यमशील इकोसिस्टममा रहेका नयाँ प्रवृत्ति र अवसरहरूबारे जान्नका लागि उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५०० भन्दा बढी अतिथिहरूले कार्यक्रममा भाग लिएको एनवाईइएफ काठमाण्डूले जनाएको छ।
एनवाईइएफ काठमाडौं च्याप्टरले ३० भन्दा बढी स्टलहरूलाई आफ्ना उत्पादन, व्यवसाय र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गरेको एनवाईइएफ काठमाण्डूले जनाएको छ।