काठमाडौं,२९ वैशाख । अर्थतन्त्र चलायमान बनाउन नेपाल राष्ट्र बैंकले ऋणको भाका सार्ने नीति लिएको छ।
उद्योगी व्यवसयाीहरुले अफ्ठ्यारो परेको गुनासो गरेपछि ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण गराउने मौद्रिक समीक्षामा बताएको हो।
चालू आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त नीति अख्तियारी गर्ने तयारी गरेको हो ।
मौद्रिक नीति समीक्षामा भनिएको छ ‘अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ।’