Logo

चट्याङ लागेर दैलेखमा एकै परिवारका चार जना घाइते



काठमाडौं, जेठ २ । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेका एकै घरका चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाईते भएका छन । उनीहरु मध्ये पारस र हेमाको अवस्था गम्भिर छ। घाइते चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्