काठमाडौं, ४ जेठ । कोशी प्रदेशमा रहेको एमाले सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा) तत्काल बाहिरिनुपर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।
कोशी प्रदेशसभा सचिवालयमा बिहीबार बसेको दलको बैठकले देशभर गठबन्धनको सरकार रहेको बेला माओवादी र जसपाले तत्काल एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो।
बैठकले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनका लागि माओवादी र जसपाले सरकार छोड्नुपर्ने निर्णय लिएको छ।
कोशीमा माओवादीका २ र जसपाका १ मन्त्री रहेका छन्।