काठमाडौं,११ जेठ । कर्णाली प्रदेशअन्तर्गत रहने संसदीय समितिका सभापति आगामी जेठ १४ गते चयन हुने भएका छन् ।
आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशसभा सभामुख नन्दा गुरुङले आगामी आइतबार संसदीय समितिको निर्वाचन गर्न निर्देशन दिएकी छन् ।
सभामुख गुरुङले भोली ११ बजे निर्वाचन कार्यतालिका समेत प्रकाशित गर्न निर्देशन दिएकी छन् । कर्णालीमा चारवटा संसदीय समिति रहेका छन् ।