Logo

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन (फोटोफिचर)



काठमाडौं । नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । १६ओं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा उनीहरुले सरकारलाई दवाब दिनका लागि प्रदर्शन गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायत उच्चपदस्त अधिकारीसहित १६ जना पक्राउ परिसकेका छन् । उनीहरुको विरुद्धमा अदालतमा मुद्दासमेत दायर भइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका उच्च पदस्थ अधिकारीलाई अनुसन्धानमा नतानिएको भन्दै विरोध हुँदै आएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, शीर्ष नेता भ्रष्ट छन्, नेपाली जनता त्रस्त छन, शीर्ष नेताहरुको सम्पत्ति छानविन गर’ लगायतका नाराहरु लेखेका व्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

Photo By: Mukunda Kalikote/ Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्