Logo

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी



काठमाडौं, जेठ २८ । समाजवादी पे्रस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्। यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्