काठमाडौं,३० जेठ । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजिबीच भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहेका तिमल्सिना र लिजीबीच सोमबार बेइजिण्मा भेटवार्ता भएको हो ।
भेटका क्रममा जनवादी गणतन्त्र चीनका राष्ट्रिय जन कांग्रेसका स्थायी समिति (स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस)का अध्यक्ष चाउ ल चीले नेपालमा हुने चीन विरोधी गतिविधि र सुरक्षाको विषयमा चासो राखेका छन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरूले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँ देखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरूमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका थिए ।
अध्यक्ष तिमिल्सिना ९ सदस्यी नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन् ।