सविता सिंह ठकुरी :
टिमुर प्रायजसो नेपालमा पाइने मसला वा जडिबुटि हो । टिमुर नेपालमा मात्र फल्ने भएतापनि सबै ठाउँमा पाईन्छ । टिमुरको बोट पहाडी भेगमा बढी लगाइन्छ । यसको दाना काँचो भएको बेलामा पनि प्रयोग गरिन्छ । टिमुर प्रायजसो मसला, अचार, छोप र औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । यसलाई खानेकुरामा मिसाएर खानाले खाना स्वादिलो हुने र शरीरलाई समेत फाइदा दिने गर्दछ । यसको धेरै फाइदा नरहेतापनि बैज्ञानिकहरु खोज तथा अनुसन्धानमा लागिरहेका छन् । यसका केही फाइदाहरु छोटकरीमा वर्णन गर्नेछौं ।
१. टिमुरको रसायनले ९२ देखी ९४ प्रतिशतसम्म रक्तचाापलाई कम गर्छ ।
२. दाँतमा किराले खाएको भागमा टिमुरको दाना दाँतले च्याप्ने र त्यसको रस नसकिदासम्म मुखमा राख्नाले दाँत दुख्ने समस्या कम गर्दछ ।
३. गिजा सुन्निने, श्वास गन्हाउने जस्तो समस्यालाई नियन्त्रण गर्छ ।
४. पेटमा रहेका किराहरुलाई मार्ने र पेट सफा गर्ने काम गर्दछ ।
५. टिमुरको पेस्ट बनाएर ब्रस गर्नाले दाँतलाई चम्किलो र बलियो बनाउन मद्दत गर्दछ ।
६. बर्खाको बेलामा गाउँघरमा जुकाबाट बच्नको लागि पनि यसको प्रयोग गर्ने गर्दछन् । File Photo/RN