काठमाडौं, ३० जेठ । नागरिकता विहिन संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकका विरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन् ।
मधेश केन्द्रीत वकिलहरुको धर्नामा समर्थन जनाउन उपस्थित भएका नागरिकता विहीन संघर्ष समितिका प्रदर्शनकारीहरुले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतको फोटोमा जुत्ता चप्पलले हानेका थिए । साथै, उनीहरुले फोटोसमेत जलाएका छन् । उनीहरुको प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि प्रदर्शनकारीहरु सर्वोच्च अदालतको बाटो हुँदै तितरवितर भएका थिए । Photo by: Mukunda Kalikote/Reporters Nepeal