काठमाडौं, ३१ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी हालेका उजुरीकर्ता र संसदीय सुुनवाई समितिबीच छलफल जारी रहेको छ ।
जेष्ठ सदस्य पशुपति शमशेर राणाको सभापतित्वमा समितिको बैठक बसको हो । आज उजुरीकर्तासँगको छलफल सकेर भोलि (३२) गते कार्कीमाथि सुनुवाई गर्ने तयारीमा समिति रहेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा २९ वटा उजुरी परेको थियो । आजको छलफलमा २३ जना उजुरीकर्ता सहभागी छन् ।