Logo

वैरागीले लिए पद तथा गोपनियताको शपथ



काठमाडौ, जेठ ३२ । सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

उनलाई सरकारले मन्त्रीसरहको सेवा–सुविधा दिएर सल्लाहकार नियुक्त गरेको बताइएको छ। बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजसम्म थियो।

सरकारले उनलाई मुख्यसचिवबाट राजिनामा गर्न लगाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

पाँच वर्षे सचिवको कार्यकालबाट असार २ गते बिदा हुन लागेका अर्याललाई मुख्य सचिव बनाइएको हो।



प्रतिक्रिया दिनुहोस्