काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आज (बिहीबार) देखि सुरु भएको शैक्षिक मेला बन्द गरेको छ । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले मेला हटाएका हुन् । हिसानले प्रक्रिया नै नपुर्याई मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको हो ।
स्टल हटाउनको लागि काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे आँफै फिल्डमा खटिएका थिए । सो क्रममा उनले रिजल्ट नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने र फोर्स गर्ने कार्य रोकेको बताए ।
तस्विर तथा भिडिओ : अरुण कार्की/रिपोर्टर्स नेपाल डटकम