सविता सिंह ठकुरी :
अमलामा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छ जसको प्रयोगले स्वास्थयमा निकै फाइदा गर्दछ । तर, कहिलेकाँही अमलाको जुस तथा फलको प्रयोग गर्नाले शरीरमा नराम्रो असर पार्न सक्छ । आज हामी तपाईहरुलाई बताउनेछौ नकारात्मक असरहरुको बारेमा ।
१. जुन व्यक्तिलाई ग्याष्ट्रिकको समस्या छ त्यस्तो व्यक्तिहरुले खाली पेटमा अमलाको जुस पिउनुहुँदैन । यदि खालिपेट खायौँ भने पेट दुख्ने, वाकवाकी लाग्ने, पेटमा एसिड बढ्नेजस्तो समस्या देखिन्छ ।
२. केही दिनपछि बिरामीको सर्जरी हुने भएको छ भने अमलाको जुस खानुहुँदैन । अमलाको जुसले रगतको मात्रा बढाउने भएकोले सर्जरीमा समस्या आउनेहुनाले अमलाको फल र जुस खानुहुँदैन ।
३. जुन व्यक्ति मृगौलाको समस्या पार गर्दै छन् त्यस्ता व्यक्तिहरुले अमलाको प्रयोग गर्नुहुँदैन । किनभने अमलामा बायोएक्टिभ पाइन्छ जसले मृगौला रोगीको कोशिका र तन्तुलाई क्षति पु¥याउन सक्छ । त्यसैले अमलाको जुस र फल प्रयोग गर्नुहुँदैन ।
४. जुन व्यक्तिलाई ब्लड प्रेसर लो छ त्यस्ता व्यक्तिहरुलाई अमलाको फल र जुसको प्रयोगबाट जोगिनुपर्छ । अमलाले हाई-ब्लड-सुगर भएको व्यक्तिलाई राम्रो हुने भएतापनि यसले शरीरमा चिनीलाई सन्तुलनमा राख्ने काम गर्छ । तर, जसलाई ब्लड प्रेसर लो छ त्यस्ता व्यक्तिहरुलाई हानी पु¥याउँछ । Photo Source: jagran.com