काठमाडौं, ४ असार । आज(सोमबार) घोषणा हुने भनिएको समाजवादी मोर्चामा विभिन्न व्यक्तिहरूलाई ल्याउने प्रयास भइरहेको छ।
माओवादीलाई नै समाजवादी बनाउनुपर्ने भन्दै पहिलादेखि नै उद्घोष गरिरहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई नै समाजवादी मोर्चाबाट बाहिर राख्ने लगभग पक्कापक्की भइसकेको छ।
समाजवादी मोर्चामा जनता समाजवादी पार्टी नेपाल(जसपा) भित्रिएपछि अध्यक्ष उपेन्द्र यादवले पूर्वसहकर्मीसमेत रहेका बाबुराम भट्टराईलाई भित्र्याउन नदिन लागी परेका छन्।
समाजवादी मोर्चामा सहभागी एक नेताका अनुसार भट्टराईलाई मोर्चामा भित्र्याउन जसपा अध्यक्ष यादवले नमानेको खुलासा गरेका छन्। मोर्चाको बैठकमा बाबुराम मोर्चामा भित्रिए जसपा अध्यक्ष यादव मोर्चामा नबस्ने बताएका छन्।
उनका अनुसार उपेन्द्रकै कारण बाबुराम मोर्चा बाहिर रहन बाध्य भएको बताए।
यस्तै, जसपा अध्यक्ष यादवले यस अगाडि डा सिके राउत नेतृत्वको जनमतलाई मधेस सरकारबाट जिम्मेवारीविहिन बनाएका थिए।
उनले जनमतसँग उपराष्ट्रपति निर्वाचन र प्रतिनिधिसभाको उपनिर्वाचन असहयोग गरेका बदला लिएका छन् भने बाबुरामसँग पार्टी विभाजनको अहिले बदलालिँदै तगारो बनिरहेका छन्।