Logo

संखुवासभा बाढीपहिरो : अझै २० जना सम्पर्कविहीन



संखुवासभा, असार ५ । बाढी र पहिरोमा परी सम्पर्कविहीन भएका २१ जनामध्ये सोमबार हेवा खोला किनारमा १ जनाको कम्मरमुनि आधा शरीर भएको अवस्थामा शव फेला परेको छ । संखुवासभामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ ।

संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढी र पहिरोमा परी २१ जना सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीनको प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताउनुभयो ।

सोमबार भेटिएको शवको टाउको अनुहार नभएकाले पहिचान हुन कठिन रहेको र अन्य सम्पर्कविहीनको खोला किनारमा खोजी कार्य भइरहेको बताइएको छ ।

बाढीपहिरोमा परी घाइते ९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोले विभिन्न स्थानका १२ घरमा पूर्ण क्षति पु¥याएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावर, अपर हेवा हाइड्रोपावर र मेन्छेम हाइड्रोपावरमा ठूलो क्षति पु¥याएको छ ।

बाढीले हेवा र पिलुवा खोलामा रहेको २ वटा पक्की पुल बगाएको छ भने हेवा खोलामा निर्माणाधीन १ पक्की पुलमा क्षति पु¥याएको छ । त्यस्तै, बाढीपहिरोले सभाखोलामा रहेका २ वटा लिफ्ट खानेपानीमा क्षति पु¥याएको स्थानीयबासीले बताएका छन् ।

जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले हाइड्रोपावर निर्माणका सामग्री डोजरलगायत मेसिन औजारहरू बगाएको र लाखौं रुपियाँ बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ । नेपाल समाचारपत्र दैैनिकबाट



प्रतिक्रिया दिनुहोस्