Logo

के तपाईँलाई थाहा छ मनुका (सजिवन) का फाइदा ?



हामीले विभिन्न प्रकारका तरकारीहरु फरक–फरक तरिकाले खाने गर्दछौ । अलग–अलग तरकारीको छुट्टै र विशेष प्रकारका फाइदा र गुणहरु रहको हुन्छन् । हामीले खाएका खानाबाट हामीले पौष्टिक तत्वहरु प्राप्त गर्दछौ । जसले गर्दा हामीले हरेक कामहरु सजिलै गरिरहेका हुन्छौ । त्यसमध्ये मुनुका पनि एक यस्तो तरकारी हो, जसले हाम्रो शरीरलाई विभिन्न प्रकारका फाइदा दिने गर्दछ ।

१०० ग्राम मुनुकामा २६ क्यालोरी, कार्बोहाइट्रेड ३.७ ग्राम, फाइबर ४.८ गाम, फ्याट, प्रोटिन, क्याल्सियम, फस्फोरस, आइरन, पोटासियम, भिटामिन जस्ता खनिज पदार्थहरु धेरै मात्रामा पाइन्छ । यसलाई तरकारी, सुप, आइसक्रिम र सलादको रुपमा खाने गरिन्छ । यसलाई उमालेर पनि खान सकिन्छ । यसको प्रयोगसँगै यसले हाम्रो शरीरलाई गर्ने फाइदाहरुपनि विभिन्न रहेका छन् ।

मुनुका खानुका फाइदाहरु

१. यसमा एन्टिअक्सिडेन्ट, भिटामिन ‘सी’, भिटा क्यारोटिन जस्ता पदार्थले हाम्रो शरीरको ब्लड सुगर कम गर्न मद्दत गर्दछ ।
२. यसको प्रयोगले कलेस्टोरल कम गर्छ ।
३. स्कीनको सेललाई ड्यामेज हुनबाट रोक्छ ।
४. हाम्रो शरीरलाई इन्फेक्शन हुनबाट रोक्छ ।
५. मोरिङ्गामा हुने स्टोमक डिसोडरलाई ठिक गर्दछ ।
६. रक्तअल्पता रोगको लागि फाइदा गर्दछ ।
७. हड्डीको मांशपेसी बलियो बनाउनमा मद्दत गर्दछ ।
८. कब्जियत हुनबाट रोक्छ ।
९. क्यान्सर जस्तो रोगलाई नियन्त्रण गर्छ ।



प्रतिक्रिया दिनुहोस्