Logo

प्रधानमन्त्री प्रचण्डको पद धरापमा छः एमाले सचेतक बर्तौला



काठमाडौं, ६ असार । नेकपा (एमाले) का सचेत महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न कुनै मेहनतको आवश्यकता नरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा प्रचण्ड नेतृत्वको सरकार एक हप्ताभित्र ढाल्ने बताएका हुन् ।

‘यो सरकारलाई हामीले कुनै पनि मेहनत गर्न पर्दैन । नेकपा (एमाले) ले चाहने हो भने एक हप्ताभित्रमा यो सरकारलाई हामी ढाल्न सक्छौं । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो,’– उनले भने ।

प्रचण्ड नेतृत्वको सरकार एमालेको कारणले गर्दा नभएर सत्ता गठबन्धनका दलहरुबीच रहेको अन्तरविरोध र अविश्वासले पनि लामो समय नटिक्ने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डको पद धरापमा रहेको र जतिबेला पनि सरकार ढल्न सक्ने उनले बताए । प्रचण्डले सरकार जोगाउने अस्त्रका रुपमा अनेक प्रकारका गुट बनाएर हिँडेको उनको आरोप छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्