Logo

वामदेव समाजवादी मोर्चामा जाने पक्का



काठमाडौं, ८ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम चार दलीय समाजवादी मोर्चामा जाने भएका छन् । यसअघि एमालेमा फर्किने तयारी गरेका भनिएका गौतम प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि गौतम समाजवादी मोर्चामा सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले गौतम आफू नेतृत्वको मोर्चामा सहभागी हुने पुष्टि गरेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने–‘वामदेवजी हाम्रो मोर्चामा आउने सहमति भएको छ । उहाँ छिट्टै मोर्चामा आवद्ध हुनुहुन्छ ।’

मोर्चामा संसदमा प्रतिनिधित्व गर्ने तीन दल र संसद् बाहिरको एक दल समावेश छन् । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लवले नेतृत्व गरेको नेकपा छन् । मोर्चाको नेतृत्व भने आलोपालाने गर्ने सहमति छ। यसअघि गौतम एमालेले ७० वर्षे उमेरहद हटाएको कारण एमालेमा जान तयार थिए ।

उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियता मागेका थिए । तर, एमाले नेताहरुले गौतमलाई दोस्रो वरियता दिन नसकिने जवाफ दिएका थिए । त्यसपछि उनी यता प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा आवद्ध हुन लागेका हुन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्