काठमाडौं, असार ११ । आर्थिक वर्ष २०८०/८१ काठमाडौं महानगरपालिकाको बजेट ५ वटा महानगरपालिकाको भन्दा बढी भएको छ ।
देशभर ६ वटा महानगरपालिका छन् । आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । ललितपुर महानगरपालिकाले ६ अर्ब ५ करोड, भरतपुरले ६ अर्ब ३१ करोड, विराटनगरले ३ अर्ब २८ करोड र पोखराले ८ अर्ब ७७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
ती महानगरको बजेट काठमाडौं महानगरको बराबर छ । वीरगन्ज महानगरपालिकाको ४ अर्ब १० करोड छ । महानगरले अन्य स्थानीय निकायलाई सहयोग गर्ने गरी बजेट व्यवस्थापन गरेको छ । महानगरले सहरी सौन्दर्य, खेलकुद, स्वास्थ्य, फोहोर व्यवस्थापन, शिक्षालगायतका क्षेत्रमा मनग्य रकम विनियोजन गरेको छ ।
कामपाको बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३औं बैठकमा महानगरपालिकाको आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण पेस गर्नुभएको हो । आजको नेपाल समाचारपत्र दैनिकबाट