Logo

यी हुन हृदयघातका लक्षणहरू



सविता सिंह ठकुरी : हृदयघात एउटा घातक रोग हो । जसको कारणले थुप्रै मानिसहरुको अकालमै ज्यान जाने गर्दछ । यो रोग लागेमा हामीले यसलाई सामान्य ढंगले लिनुहुँदैन । यसको समयमै उपचार ग¥यौ भने हामी यो रोगबाट वञ्चित हुन सक्छौं । यो रोगलाई विश्वको नम्बर एक ज्यान लिने रोग भनेर चिनिन्छ । यो रोगले एक वर्षमा दुई करोड जनि मानिसहरुको ज्यान लिएको छ । त्यसैले यो रोगबाट बच्न हामीले अव्यवस्थित जीवनशैली र खानापानमा ध्यान दिन जरुरी छ । साथै समय समयमा शरीरको परिक्षण गर्नपनि जरुरी रहेको छ ।

कोरोनरी धमनीमा रक्त प्रवाह वा अक्सिजनको आपूर्ती अवरुद्ध वा बन्द हुन्छ, तब मुटुको तन्तुका लागि उचित अक्सिजन हुँदैन । तन्तु मर्छ र हृदयघात हुने गर्दछ । मायो कार्डरियल इन्फेक्सन वा हृदयघात हुँदा मानिसलाई मायाकार्डरियल इन्फेक्सन हुन्छ । यो सामान्यतया कोरोनरी धमनीहरुमा फ्याटी जम्मा हुन्छ वा एथेरोस्क्लेरोसिसको कारणले गर्दा हुन सक्छ । जब हृदयको धमनी ऐंठन हुन्छ-जसले रक्त आपूर्तीमा अवरुद्ध गर्दछ वा कोरोनरी विच्छेदन हुन्छ ।

हृदयघातका लक्षणहरु

१. छाति दुख्नु सामान्य मानिएतापनि हृदयघातको लक्षण पनि हुनसक्छ । मानिसहरुले छाति भारी हुने वा केही भएकोजस्तो दुखाईको रुपमा बताउछन् । त्यसैले यो लक्षणलाई सामान्य मान्नुहुँदैन ।
२. लक्षणहरु सधै मुटुमा देखा पर्दैन र शरीरका अन्य भागहरुमा देखा पर्दछ । जसले गर्दा शरीर सुन्निने, झमझमाउने वा असहज हुनु, बाँया हात दुख्नु वा दुवै हात दुख्नु, बङ्गारा दुख्न सक्छ ।
३. यदि शरीरमा चिसो पसिना कुनै काम नै नगरी आउछ भने यो हृदयघातको लक्षण पनि हुन सक्छ ।
४. कहिलेकाहीँ हृदयघातको लक्षण पेटको भागमा पर्न सक्छ । जसले गर्दा वाकवाकी लाग्ने, वान्ता हुने हुन्छ ।
५. सामान्य अवस्थामा श्वास फेर्न गाह्रो हुनु हृदयघातको लक्षण हुन सक्छ ।
६. अचानक मुटुको धड्कन बढ्नु पनि हृदयघातको लक्षण हो ।
७. मुटुमा राम्रोसँग अक्सिजन नपुग्नु र चक्कर लाग्ने वा हल्का टाउको दुख्ने यसको लक्षण हो ।



प्रतिक्रिया दिनुहोस्