Logo

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन जोशीसँग नै छैन लाइसेन्स



काठमाडौं, १७ असार । नेपाल इन्जिनियरिङ्ग परिषद् ऐनले इन्जिनियरिङ्ग क्षेत्रमा काम गर्नका लागि नेपाल इन्जिनियरिङ्ग परिषदबाट अनिवार्य इज्जाजत लिनुपर्ने व्यवस्था गरेको छ ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट न्युनतम् योग्यता पुरा गरेपछि अहिले नेपाल इन्जिनियरिङ्ग परिषद्ले लिने परीक्षा उत्तीर्ण भएपछिमात्रै इन्जिनियर भएर उक्त क्षेत्रमा काम गर्न पाईन्छ । ईन्जिनियरिङ्ग क्षेत्रबाट सरकारी सेवामा प्रवेश गर्दा पनि काउन्सिलको इज्जाजत अनिवार्य गरेको छ ।

तर, इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर राम जोशीसँग नेपाल इन्जिनियरिङ्ग परिषद्ले दिने लाइसेन्स नै नभएको तथ्य बाहिरिएको छ । जोशी डीनमा नियुक्त भएको अहिले तीन वर्ष भयो । डिनमा नियुक्त हुनु अगाडि पनि जोशी ईन्जिनियरिङ्ग क्षेत्रमै काम गर्दै आएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्