Logo

महेश बस्नेतको सचिवालयद्धारा हनुमन्ते जग्गा एकीकरणबारे सत्य, तथ्य सार्वजनिक (भिडिओसहित)



काठमाडौं, २१ असार । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको सचिवालयले हनुमन्ते जग्गा एकीकरणबारे सत्य, तथ्य सार्वजनिक गरेका छन् । सचिवालयले विभिन्न २४ बुँदासहितको आफ्नो धारणा सार्वजनिक गरेको छ ।

बस्नेतका स्वकीय सचिव दिनेश थापाले एमालेको नेता तथा कार्यकर्ताविरुद्ध परिचालित यस्ता ब्यक्तिका बिरुद्द युवा संघले सशक्त प्रतिबाद गरेपछि प्रायोजित र परिचालित मतियारहरु छट्पटाईरहेको जनाएका छन् ।

थापाले सार्वजनिक गरेको बुँदा यस्ता छन्

हनुमन्ते जग्गा एकिकरण बारेमा भए गरेका सत्य तथ्य ।

१) सरकारी जग्गा ब्यक्तिको नाममा कसरी जान्छ ?

२) अहिले सरकारी लिज ऎनले क्याबिनेटले निर्णय गरेर पनि कुनै ब्यक्ति या संस्थाको नाममा स्वामित्व नदिने भाडामा मात्र दिने बैधानिक ब्यबस्था छ ।

३) हनुमन्ते करिडोरको दायाँबायाँ करिव २५० मिटर राधे राधे देखी राम मन्दिर सम्म करिव ५४ सय रोपनी जग्गा छ।

४) तत्कालिन सांसद महेश बस्नेतले उक्त करिडोर निर्माण गर्न २ अर्ब बजेट छुटाएर नदिको दायाँ बायाँ २० मिटर बाटो पिच फुटपाथ र ग्रीनरी सहित बनाउने डी पी आर सहित काम अगाडि बढाइएको थियो।

५)अहिले करिडोरमा विनियोजित रु २ अर्व मध्य ३०% प्रगति भै लगभग सबै ठाउँमा नदीको तटबन्ध बनेको छ।जसका कारण बर्षै पिच्छे हुने बाढीको समस्या समाधान भएको छ र त्यस क्षेत्रका जनता खुसी छन।

६)सो खण्डको हनुमन्ते नदिमा ९ वटा पुल बनाउने र मेलम्चिको (PID) आयोजना कार्यान्वयन इकाई बाट दायाँ बायाँ ढल हाल्न झण्डै १ अर्ब भन्दा बढी रकम महेश बस्नेतकै पहलमा बिनियोजन भई काम भएको थियो ।

७) नदि वरिपरिका जग्गा जमिन रहेका ब्यक्तिहरुलाई मर्का नपरोस भनेर उक्त ५४ सय रोपनी जग्गामा हनुमन्ते जग्गा एकिकरण आयोजना संचालन गरेर मध्यपुर थिमी नगरपालिका र सुर्यबिनायक नगरपालिकाले संयुक्त कार्यान्वयन गर्ने गरि काम अगाडि बढाइएको थियो।

८) बनाउने क्रममा ४ ठाउँमा बिबाद देखियो। जगनाथ आचर्यको श्रीमती विमली उपाध्याय आचार्यको नाउँमा दर्ता गरिएको सागबारीको ५४ रोपनि नदी उकासको जमिन क्षेत्र।

९ ) तत्कालिन वडा अध्यक्ष सुनपा वडा नं २ का कमलनाथ आचार्य र मध्यपुर वडा नं ३ का अध्यक्ष प्रेम कुटुको पहलमा भएको हालसाबि गरि नदि उकास जमिन अपचलन भएको क्षेत्र ।

१०) साख टोरस्टीले अतिक्रमण गरेको र बालकुमारी कोलोनीको मापदण्ड भित्र परेको क्षेत्र।

११) अनि बालकोट र सुन्दर बस्ति एरियाको लामो समय देखि बिबाद रहेको क्षेत्र ,

१२) यो सबै समस्या हाल गर्न तत्कालिन सासंद प्रदेस सभा सदस्य र दुबै नगरका मेयरहरु सबै दलका प्रतिनिधिहरु पटक पटक मिटिङ्ग बसी,सुर्यबिनायक नगरपालिका मेयर आयोजना (प्रमुख) र मध्यपुर नगरपालिका मेयर आयोजना (उप प्रमुख) भएको जग्गा एकिरण आयोजना ब्यबस्थापन समिति बनेको थियो र हनुमन्ते कोरिडोरको २५० मिटर दायाँबायाँ ल्याडपुलिङ्ग गर्ने गरि नक्सा पास रोकिएको थियो ।

१३) समितिले मिटिङ्ग बसी आयोजनालाई ५ वटा खण्डमा छुट्टाई उपभोक्ता समिति बनाउने , डी पी आर तयार गर्ने र आयोजनाको उपभोक्त समितिहरुको प्रमुख तोक्ने निर्णय भएको थियो।

१४) सो मध्य ४ वटा उपभोक्ता समिति सम्बन्धित वडा अध्यक्षहरुको नेतृत्वमा बनेको थियो । सबै भन्दा बिबाधित क्षेत्र कौशलटार लोकन्थलि र बालकोटका काँग्रेसबाट जितेका वडा अध्यक्ष कमलनाथ आचार्य र प्रेम कुटुले जगनाथको श्रीमतीको नामको जग्गा हालसाबि गरि गडबढ भएको जग्गा कानुनी दायरामा आउछ भनेर समिति बन्न दिएनन र कोरिडोर निर्माणमा बधा हाले ।

१५) मध्यपुरको मेयर तत्कालिन कांग्रेस सभापति सुरेन्द्र श्रेष्ट,उपमेयर विजय श्रेष्ठ र कांग्रेस नेता ओम चरण श्रेष्ठ मिलेर उक्त आयोजना असफल बनाउन हनुमन्ते पिडित समुह बनाई हरेक काममा बाधा अडचन खडा गर्दै काम अगाडि बढन दिएनन् ।

१६) गत निर्वाचनमा मध्यपुर थिमी नगरपालिका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर बिजय श्रेष्ठ निर्वाचित भए पछि । संस्थागत निर्णय गरेर करिडोर नबनाउने जग्गा एकिकरण आयोजना संचालन नगर्ने र उक्त प्रायोजनको लागी रोक्का गरिएको घर निर्माण नक्सा पास खुलाउने निर्णय गरेका छन।

१७)सोही कुरा बाट दबाबमा आई काग्रेस बाट निर्बाचित सुनपा २ का वडा अध्यक्ष प्रदिप कार्की र सू.न.पा ३ का वडा अध्यक्ष दिपेन्द्र केसीको पहल र दबाबमा सुर्यबिनायक नगरपालिकाले पनि नक्सा पास खुलाएको छ।

१८) हिजो पुर्व सांसद महेस बस्नेतको नाम बदनाम गराउन उपयोग गरिएको सुन्दरबस्ति र बालकोटको एरियाको नदिको बहाबलाई निर्केयल गरी सम्बन्धित जग्गावालाहरुलाई क्षतिपुर्ति दिने र सो क्षेत्रको प्लानिङ्ग उच्च प्राथमिक्तामा गर्ने भनेर दुबै नगरपालिकाले निर्णय गरेको थियो।

१९) अहिले सुनपा २ र ३ का वडा अध्यक्ष मध्यपुरका मेयर उपमेयर र बर्तमान सांसद दुर्लभ थापको समेत मिलेमतो र आडमा सुन्दर बस्ति क्षेत्रम अहिले धमाधम प्लानिङ भैरहेको छ र उक्त निजि प्लानिङ्गमा सरकारी ढल समेत हालेर सरकारी बजेट समेत दुरुपयोग गरिएको छ।

२०) गठबन्धन धारीहरु मौन छन।मिलोमतोमा सबै काम भैरहेको छ।

२१) यसै बीच कांग्रेसले परिचालन गरेको तारा बराल भन्ने ब्यक्ति मंसिरमा भएको चुनावम महेश बस्नेतलाइ हराउन मुद्दा दर्ता गर्न उच्च अदालत गएकी थिइन।

२२) कुनै तथ्य बिना ६ हजार रोपनि जग्गा महेश बस्नेतले अपचलन गरे भन्दै बर्बराउदै तत्कलिन CDO अफिसमा हनुमन्ते करिडर तिब्र निर्माण गर्ने निर्णय खारेज गराइ पाउ भन्दै CDO,SP र Dsp बिरुद्ध समेत मुद्धा हालेकी छन।

२३) मुद्धाको कुनै तुक नभएपछि आफ्नै वकिल मार्फत पेशि सार्ने गरेकि र फण्डा गर्न र सामाजिक संजालमा र मिडियामा जथाभाबि बोल्दै हिडेको छन।

२४) एमालेको नेता कार्यकर्ता बिरुद्ध परिचालित यस्ता ब्यक्तिका बिरुद्द युवा संघले ससक्त प्रतिबाद गरेपछि प्रयोजित र परिचालित मतियारहरु छट्पटाइ रहेका छन।

पूर्वमन्त्री महेश बस्नेत स्वकीय सचिव दिनेश थापा।



प्रतिक्रिया दिनुहोस्