काठमाडौं, २४ असार । मिटरब्याज विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । पछिल्लो समय सरकारले मिटरब्याज विरुद्धको कानून पारित गराउने तयारी गरेको थियो ।
तर, एमालेलगायतका दलहरुको अवरोधको कारण उक्त कानून सदनबाट पारित हुन सकेको छैन् । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर सदन अवरोध गरिरहेको छ ।
तर, आज बसेको शीर्ष नेताहरुको बैठकमा सदनको अवरोध हटाउने सहमति भएको छ । यता, मिटरब्याज पीीडतहरुले भने काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले ठूला-ठूला ब्यानर बनाएर सदन घेराउ भनेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम