Logo

मिटरब्याज पीडितहरुसँग गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता : अब कुनैपनि तागतले मिटरब्याजी पीडितलाई न्याय दिन रोक्ने छैन (भिडिओसहित)



काठमाडौं, २४ असार । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिनको लागि गठन गरिएको आयोगको काम नरोकिने स्पष्ट पारेका छन् । काठमाडौंमा विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरुको प्रदर्शनस्थलमा पुगेर सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भने,‘आयोगको काम जारी रहन्छ । यसैगरि हरेक जिल्ला प्रशासन कार्यालयमा, सिडिओको नेतृत्वमा त्यहाँको प्रहरी प्रमुख पनि सम्मिलित भएर सरकारी वकिलहरु र पीडितको प्रतिनिधित्व पनि रहेको एउटा सहजीकरण समिति छ, त्यो समितिले अहिले पनि काम जारी राखेको छ । यसमा कुनै अवरोध उत्पन्न हुन दिईनेछैन् । यो विद्येयक जुन प्रस्तुत भएको छ, अध्यादेश अन्त्य हुने दिनमा नै कानूनी रुप लिएको भए राम्रो हुनेथियो भन्ने हाम्रो भनाई हो ।’

उनले आफूहरुले कानून बनाउने प्रक्रियालाई जारी राख्ने पनि विश्वास दिलाए । संसद्ले उक्त कानून बनाउनेबारे आफूहरु विश्वस्त रहेको उनको भनाई छ । उनले पीडितहरुले आयोगमा दिएको उजुरीमाथि छानबिनको प्रक्रिया सुरु भैसकेको पनि जानकारी दिए । उनले अहिले करिब १५ सय उजुरीमाथि छानबिन भएर न्याय दिने प्रक्रिया सुरु भएको स्पष्ट पारे ।

Photo & Video By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्