काठमाडौं, ४ साउन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले ललिता निवास प्रकरणमा राजश्व तिरेर जग्गा किन्ने मिनबहादुर गुरुङलाई अपराधीको झै व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। सो प्रकरणमा निर्णय गर्नेलाई भने उन्मुक्ति दिईएको परिषद्को गुनासो छ । परिषद्ले गुरुङलाई अविलम्ब थुनामुक्त गर्नपनि माग गरेको छ ।
आज (बिहीबार) परिषद्ले विज्ञप्ति जारी गर्दै भाटभटेनी सुपरमार्केट प्रालिका अध्यक्ष एवं व्यवसायी गुरुङलाई प्रहरीले सरकारी लिखत किर्ते मुद्धामा पक्राउ गरेको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
मिनबहादुर गुरुङलाई अभियुक्तलाई जस्तो व्यवहार गरेर पक्राउ गर्नुले सम्पूर्ण निजी क्षेत्र आतं िकबनेको पनि परिषद्ले दाबी गरेको छ । गुरुङले खोलेका भाटभटेनी सुपरमार्केटका चेनहरुमा दसौं हजारलाई प्रत्यक्ष रोजगारी पाएको पनि परिषद्को भनाई छ । परिषद्ले मीनबहादुरलाई अविलम्ब थुनामुक्त गर्न पनि नेपाल सरकारसमक्ष माग गरेको छ ।