Logo

केन्द्रीय सदस्य बुढाथोकीलाई मुख्यमन्त्री थापाको जवाफ ‘तपाईँले हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्दा हुन्छ’



काठमाडौं, ४ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बल्लबल्ल निर्माण भएको कोशी प्रदेश सरकारको नेतृत्वमाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा हिजो (बुधबार) केन्द्रीय सदस्य केशर बुढाथोकीले कोशी प्रदेश सरकारको नेतृत्व मान्ने कि नमान्ने भन्नेबारे प्रश्न उठाएका थिए । उक्त प्रश्नमा जवाफ दिँदै उनले आफूलाई मुख्यमन्त्री नमानेर हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न आग्रह गरे ।

‘पार्टीको केन्द्रीय सदस्यले पार्टीको नेतृत्वलाई बचाउन पर्ने ठाउँमा चाहिँ मुख्यमन्त्री मान्ने कि नमान्ने भन्दै उहाँले प्रश्न गर्नुभएको छ । म भन्न चाहन्छु, तपाईले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ । नेपाली कांग्रेसको गठबन्धन दलको नेतृत्व गरेको उद्धव थापालाई तपाईँले मुख्यमन्त्री नमाने हुन्छ,’– मुख्यमन्त्री थापाले भने ।

हाम्रो पार्टीभित्र नै कांग्रेसको नेतृत्वमा सरकार नबनोस् र बनेको सरकारलाई पनि प्रश्न गर्ने, मान्ने कि नमान्ने भन्ने प्रश्न गर्दा सिंगो कांग्रेस कार्यकर्ताहरुको मनोबल घटाएको उनले बताए ।

सभामुख प्रदेश सभाको सदस्य पनि भएकाले सरकार नै संकटमा परेको बेला सहयोग गर्नु सभामुखको पनि कर्तव्य भएकाले सोही अनुसार कोशी प्रदेश सरकार बनेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्