Logo

सुन तस्करीमा नाम मुछिएका मल्होत्रालाई प्रहरी प्रशासनबाट भएको छैन सोधपुछ



काठमाडौं, ४ साउन । व्यवसायी दीपक कुमार मल्होत्राले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता भनेर आएको समाचारलाई लिएर आपत्ति जनाएका छन् । उक्त समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको मल्होत्राको दाबी छ ।

मल्होत्राले पत्रकार सम्मेलनमार्फत वास्तविक दोषीलाई डाइभर्ट गराउन उक्त प्रकरणमा आफूलाई जोडेको हुनसक्ने आशंका व्यक्त गरे । साथै, कुनै पनि अनुसन्धान गर्ने निकायबाट आफूलाई अहिलेसम्म उक्त घटनामा फोन नआएको पनि उनले बताए । आजमात्रै आफूलाई तीन सयभन्दा बढि फोन आएको र सबै फोनको जवाफ पनि दिएको उनले बताए ।

‘आज साढे छ बजेदेखि मैले २/३ सय वटा फोन मैले रिसिभ गरिसकेँ । आज मैले मेरो सबै फोन रिसिभ पनि गरिरहेको छु । मलाई अहिलेसम्म पुलिस प्रशासनबाट सोधपुछ भएको छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्