काठमाडौं, ४ साउन । संसद् घेराउ गर्न पुगेका मिटर ब्याज पीडितहरु पक्राउ परेका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवन परिसरमा विभिन्न ब्यानरसहित प्रदर्शन गर्न पुगेका पीडितहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अवधेश, अभिषेक, अजय, सुगम, भुपाल, बिन्दु, पुन, बोधकुमारी, रिमा, संगिता, बिनिता, सरिता, उमेश, राजन र अकबरलगायत छन् । मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि राजीनामा माग्दै आएका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम