काठमाडौं, ४ साउन । बाजुराका युवा नेता सरोजबहादुर शाही नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित भएका छन् । शाही विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । युवा व्यवसायीसमेत रहेका शाही बाल्यकालदेखि नै समाजसेवामा रुचि राख्थे ।
तरुण दल नेतृत्वले नै उनको सक्रियतालाई ध्यान दिएर कार्यसमिति सदस्यमा मनोनित गरेको हो । यो बीचमा तरुण दलका पदाधिकारीले पार्टीका प्रभावशाली नेताहरुसँग भेटघाट पनि जारी राखेको छ । तरुण दल यतिवेला संगठन निर्माणमा जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवाकै निर्देशनमा तरुण दलको कार्यसमितिले द्रुत गतिमा काम गरिरहेको छ।
अध्यक्ष विद्वान गुरुङले बीपी स्मृति दिवस भव्य रुपमा मनाउन मातहतका समितिलाई परिपत्र जारी गरेका छन् । उनले ७७ वटै जिल्ला कार्य समितिलाई बीपी जयन्ती रचनात्मक र भव्यरुपमा मनाउन परिपत्र गरेका हुन् । साप्ताहिक रुपमा कार्यक्रम गरी वृक्षरोपण, रक्तदान र फलफुल बितरणलगायत कार्यक्रम गरी पार्टी जिल्ला कार्यसमितिले गर्ने कार्यक्रममा सहयोग गर्न अध्यक्ष गुरुङले जारी गरेको परिपत्रमा उल्लेख छ ।
आफूले गरेको कार्यको प्रतिवेदनसहित केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिँदै विपि स्मृतिको अवसरमा बाढी,पहिरोमा परी पीडित रहेका परिवारलाई सहयोग गर्न अध्यक्ष गुरुङ द्वारा जारी परिपत्रमा भनिएको छ।