Logo

सुन तस्करी प्रकरणबारे सुनिल शर्माले भने : अर्थमन्त्री र गृहमन्त्रीले प्रधानमन्त्रीलाई भ्रममा राखेको जस्तो लाग्छ (भिडिओसहित)



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले एयरपोर्टबाट सुन तस्करी हुनु देशको लागि नै लज्जाको विषय भएको भन्दै सरकारले यसबारे गहिरो अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनले एयरपोर्टको एक क्विन्टल सुन तस्करीमा प्रधानमन्त्री पुष्पकमल दाहालको मातहतमा रहेको राजश्व अनुसन्धान विभागले पक्राउ गरेको भन्दै प्रधानमन्त्री दाहाललाई धन्यवाद दिए ।

उनले भने,”हामीले प्रधानमन्त्रीको नियतप्रति शंका गर्न मिल्दैन् । प्रधानमन्त्रीले गर्न खोजेको कामलाई हामीले स्वागत गर्नुपर्छ । तर, उहाँलाई पनि यो गठबन्धनको सरकारभित्र रहेको अर्थमन्त्री र गृहमन्त्रीले भ्रममा राख्नुभएको छ कि भन्ने मलाई लागिराख्या छ ।”

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यो प्रकरणलाई सेटिङमा भएको पनि आरोप लगाए । खाडी मुलुकमा दुःख गरेर एक तोलाको सिक्री लगाउनेहरुलाई एयरपोर्टमा दुःख दिने गरिएको भन्दै यत्रो क्विन्टल सुन आउनु आँफैमा ठूलो रहस्यको विषय भएको शर्माको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्