Logo

सुन सस्करीको ट्रान्जिट बन्दै नेपालः ११ महिनामै समातियो पाँच सय ८६ केजी



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शुनिल शर्माले त्रिभुवन विमानस्थल हुँदै व्यापक मात्रामा सुन तस्करी हुने गरेको तथ्य सार्वजनिक गरेका छन् ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगत ११ महिनामै २२औं पटक गरी पाँच सय ८६ केजी सुन राज्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको बताएका हुन् ।

एक डेढ तोलाको सुनको सिक्री लिएर आउँदा सामन्य नागरिकलाई दुःख दिएको छ । क्वीन्टल, क्वीन्टलमा आउने सुनको नेक्सस यो राज्यको गृहमन्त्री र अर्थमन्त्रीको अन्डरमा कर्मचारी खटाइएको छ, सेलेक्ट गरेर पठाइएका सयौंका संख्यामा कर्मचारीहरु छन् । यस्तो चिज क्रस गरेर आउने कुरा, त्यो पनि २२औं पटक भन्ने अहिले आइरहेको छ । ११ महिनामा पाँच सय ८६ केजी त पक्राउ नै परेको देखियो,’– शर्माले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्