Logo

केन्द्रीय समिति बैठक लाईभ गरेकोमा रिजालको आपत्ति



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले बैठक लाईभ गरिएकोमा आपत्ति जनाएका छन् । आज ( आईतबार) केन्द्रीय समिति बैकठलाई सम्बोधन गर्दे उनले बैठक सदैव लाईभ हुन नसक्ने बताएका हुन् ।

‘बैठक अनलाईन चलेको छ । फेसबुकबाट लाईभ छ । नेपाली कांग्रेसलाई हेर्ने मान्छेले देख्दाखेरि हात्ती र अन्धाको कथाजस्तो भयो । हात्ती राम्रै छ, सबैले देख्न, छाम्न पाउन भनेर यो लाईभ भएको होला । एउटा समयपछि यसको उपादेयता पनि कम हुन्छ होला भन्ने मलाई लागेको छ । सदैव बैठक लाईभ हुनसक्दैन ।



प्रतिक्रिया दिनुहोस्