Logo

सुरक्षाकर्मीले गरेको दुर्व्यवहार र कुटपिटको कांग्रेसद्वारा निन्दा



काठमाडौं, ७ असार । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति बाराका सचिव एवं सामाजिक अभियन्ता भैयारामप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) उपसचिव ध्रुब यादवलगायतलाई सुरक्षाकर्मीले दुर्व्यवहार र कुटपिट गरेको भन्दै घटनाको निन्दा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा सवारी साधन दुर्घटनाको विषयमा सहजीकरण गर्न जाँदा यही साउन २ गते सुरक्षाकर्मीले उनीहरूमाथि गरेको दुर्व्यवहार र निर्घात कुटपिटपछि उत्पन्न आन्दोलनपश्चात् पनि दोषीमाथि हालसम्म पनि कारबाही नभएको घटनाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत सामाजिक अभियन्तामाथि भएको दुर्व्यवहारको घटनाको निन्दा र भत्र्सना गरेका छन् । कांग्रेसले घटनाको यथार्थ छानबिन गरी संलग्न दोषीलाई कानुनी कारबाही गर्न र घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै कांग्रेसले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्