काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सरकारमा गएर मुलुक र जनतालाई के फाइदा भयो भन्ने प्रश्न गरेका छन् । उनले फेरि सरकारमा जाँदा के फाईदा हुन्छ ? भनेर प्रश्न सोधेका छन्। पार्टीको जारी केन्द्रीय कार्यसमितिको आज छैटौं दिनको बैठकमा बोल्दै उनले संघीयतालाई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले यो चार वर्षभित्र जनताले नै प्रदेश चाहिन्छ भनेर महशुस गराउनुपर्ने बताए । उनले अहिलेको व्यवस्था (सिस्टम) को विकल्प खोज्न नहुने बताए । बरु, अहिलेको सिस्टमभित्रैबाट विकल्पहरु खोजिनुर्ने उनको भनाई छ । उनले अहिलेको व्यवस्था जोगाउन र संविधानलाई क्र्यास हुनबाट जोगाउनपनि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने,‘कांग्रेस भएन भने यो संविधान क्र्यास हुन्छ ।
उनले कांग्रेस भएन भने यो व्यवस्थाले डेलिभर नगर्नेपनि बताए । उनले अहिलेको गठबन्धनको नेता नै नेपाली कांग्रेस भएको सुनाए । उनले गठबन्धन टिकाउनको लागि कांग्रेसले आधारभूत मूल्य र मान्यतामा सम्झौता गर्न नहुने धारणा राखे । उनले गठबन्धन तलमाथि भए पनि कांग्रेसले आफ्नो आधारभूत मान्यतामा सम्झौता गर्दा मुलुक र जनतालाई घाटा हुने सुनाए ।
https://www.facebook.com/nepalicongresshq/videos/3592449484325739