Logo

हिमालयन डिस्टिलरी ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन –२०२२’ अवार्डबाट सम्मानित



काठमाडौं, ९ साउन । मदिरा क्षेत्रमा उत्कृष्ट गुणस्तरीय मदिरा उत्पादन तथा बिक्री वितरण गर्न सफल हिमालयन डिस्टिलरी लिमिटेड ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन –२०२२’ अवार्डबाट सम्मानित भएको छ। हिमालयन डिस्टिलरी नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रकाशित गरेको वार्षिक प्रतिवेदनको आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सिल्भर अवार्डबाट सम्मानित भएको हो ।

गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुवेदीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरुको वास्तविक तथ्य आम लगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गररिहेको र यस अवार्डले कम्पनीलाई आगामी दिनमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले बताए ।

हिमालयन डिस्टिलरीका उत्पादनहरु गेल्डेन ओक, ब्लु ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन अयला रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्