Logo

मन्त्रीद्वय साउद र यादव आयोगका कारबाहीमा



काठमाडौं, ९ साउन । निर्वाचन आयोगले निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै दुई हजार चार सय ३५ जनालाई उम्मेदवारलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा बहालवाला मन्त्रीसमेत रहेका छन् ।

बहालवाला मन्त्रीहरुमा महिन्द्र राय यादव र एनपी साउद रहेका छन् । अहिले साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिरहका छन् भने यादव खानेपानी मन्त्रालयको जिम्मेवारीमा छन् ।

निर्वाचन खर्च सार्वजनिक नगरेको कसुरमा उनीहरुलाई १५ हजारको दरले जरिवाना तिराउने आयोगले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्