Logo

सरकारको भ्रष्टाचार विरोधी अभियानमा कांग्रेसले साथ दिने



काठमाडौं, १० साउन । नेपाली कांग्रेसले सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ दिने निर्णय गरेको छ । आज (बुधबार) केन्द्रीय समिति बैकठको निर्णय स्ुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा पनि साथ दिने निर्णय भएको बताएका हुन् ।

साथै, पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई इमानदारितापूर्वक काम गर्न कांग्रेस केन्द्रीय समिति बैठकले निर्देशन दिएको छ । गत साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । आजको बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेर केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्