Logo

गगनले बुझाए जरिवाना



काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगमा १५ हजार रुपैँया जरिवाना बुझाएका छन् । निर्वाचन आयोगले गत मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दा निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै महामन्त्री थापालाई पनि जरिवाना गरेको थियो ।

आफूले आयोगमा मंसिर २५ गते नै खर्च विवरण बुझाइसकेको महामन्त्री थापाले बताएका छन् । तर, यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।



प्रतिक्रिया दिनुहोस्